दफा १६
स्थानान्तरण गर्न सक्ने
:
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएकोभएतापनि आयोगको गठन नभएसम्मको लागि नेपाल सरकारले नेपाली सेनाकोबहालवाला सैनिक तथा अन्य प्रहरी सेवाका बहालवाला प्रहरीलाई सशस्त्र प्रहरी सेवामा स्थानान्तरण गरी पदस्थापन गर्न सक्नेछ र यसरी सशस्त्र प्रहरी सेवामा पदस्थापन भएका सैनिक तथा अन्य प्रहरीको सेवा सशस्त्र प्रहरी सेवामा गणना हुनेछ ।
(२) सशस्त्र प्रहरीलाई नेपाली सेना वा अन्य प्रहरी सेवामा स्थानान्तरण गरिने छैन र आयोगको गठन भएपछि नेपाली सेनाका सैनिक तथा अन्य प्रहरी सेवाका प्रहरीलाई पनि सशस्त्र प्रहरी सेवामा स्थानान्तरण गरिने छैन ।